यस्तो छ आजको मौसम

काठमाडौं ! आइतवार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । यसैगरी देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।

राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको अनुमान छ ।

‘गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ,’ महाशाखाले जारी गरेको सूचनामा भनिएको छ ।