यस्तो छ आजको मौसम

काठमाडौं !  हाल नेपालको कोशी, गण्डकी र बागमती प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने भए पनि अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

आज कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज राति कोशी र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

हाल देशभरको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।