यस्तो छ आजको मौसम

काठमाडौं ! हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

आज बिहानसम्म लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज तराईका थोरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ।

बिहीबार दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। राति पनि देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।