यस्तो छ आजको मौसम

काठमाडौं ! हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशभरको मौसम आंशिक बदली रहनेछ । केही ठाउँको मौसम भने सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

रातिको मौसम पनि दिउँसोजस्तै रहनेछ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ।देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सतर्कता अपनाउन महाशाखाले जनाएको छ ।