यस्तो छ आजको मौसम

काठमाडौं !  हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा माैसम विज्ञान विभागका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। देशको तराईको थोरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ

शनिबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जनाएकाे छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

महाशाखाले कर्णाली, गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै चिसोबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध गरेकाे छ।