यस्तो छ आजको मौसम

काठमाडौं ! हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा माैसम विज्ञान विभागका अनुसार शनिबार बिहानसम्म देशको पहाडी भू-भागमा आंशिक बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्स तथा कुहिरो लागेको छ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागअन्तर्गतकाे  मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।