यस्तो छ आजको मौसम

काठमाडौं ! आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका बाँकी भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने अनुमान छ ।

यस्तै कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । ‘कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ,’ महाशाखाले आज बिहान जारी गरेको सूचनामा भनिएको छ । यसैगरी आज रातिको मौसम पनि प्रायः दिउँसोको जस्तै रहने महाशाखाले जनाएको छ ।

‘कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ,’ महाशाखाले भनेको छ, ‘कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । त्यहाँका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।’