यस्तो छ आजको मौसम

काठमाडौं !  हाल कोशी प्रदेशका साथै देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागको मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहनुका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै, राति कोशी, मधेश, बागमती र गण्डकी आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा मौसम सफा रहने छ।

विभागका अनुसार देशभरको तापक्रममा गिरावट आउन सक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट बच्न सबैमा आग्रह गरेको छ।