काठमाडौं ! पश्चिमी वायुसँगै भारतको राजस्थान आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभावको कारण आज देशका केही भूमागमा मौसम बदली भएको छ। अहिले देशका धेरै ठाउँको मौसम धुम्मिएको छ ।
पश्चिमी वायुसँगै न्यून चापीय क्षेत्रको प्रभावका कारण देशका धेरै ठाउँको मौसम धुम्मिएको मौसमविद् रोजन लामिछानेले जानकारी दिए । उनका अनुसार लुम्बिनी प्रदेशबाहेकका प्रदेशको मौसम आज आंशिकदेखि सामान्य बदली हुनेछ । सुदूरपश्चिम, कर्णाली, गण्डकी, कोशी प्रदेशका केही पहाडी क्षेत्रमा हल्का वर्षाको अनुमान छ ।
यस्तै, उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको अनुमान छ ।