यस्तो छ आजको मौसम

काठमाडौं ! आज सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागको मौसम आंशिक बदली रहने छ । बाँकी भू-भागमा भने सामान्यतया मौसम सफा रहने पूर्वानुमान छ ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज राति पनि उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।