यस्तो छ आजको मौसम

काठमाडौं ! हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अबको केही दिन देशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

यस्तै, बिहान कोसी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेको र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशभर आंशिक बदली रहने छ। पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।