यस्तो छ आजको मौसम

काठमाडौं ! हाल देशको पहाडी भू-भागको मौसम आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ। आज (आइतबार) देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।