यस्तो छ आजको मौसम

काठमाडौं ! आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सातमध्ये अधिकांश प्रदेशमा वर्षा हुने अनुमान छ । जसमा पाँचवटा प्रदेश छन् । ‘कोशी, बागमती, गण्डकी प्रदेशका थोरै स्थान तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ,’ महाशाखाले आज बिहान जारी गरेको सूचनामा भनिएको छ ।