यस्तो छ आजको मौसम

काठमाडौं ! नेपालबाट मनसुन बाहिरिने क्रम जारी छ । सुदूरपश्चिमबाट बाहिरिन शुरू गरेको मनसुन बुधबारसम्म गण्डकी प्रदेशबाट पनि बाहिरिएको हो ।

गण्डकी प्रदेशको पश्चिमी भू-भागबाट मनसुन बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिमसहित कर्णाली र लुम्बनीबाट यसअघि नै मनसुन बाहिरिसकेको छ । नेपालको बाँकी भू-भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको महाशाखाले जनाएको छ ।