यस्तो छ आजको मौसम

काठमाडौं ! नेपालबाट यो वर्षको मनसुन बाहिरिन थालेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिम भू–भागबाट मनसुन बाहिरिन थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शुक्रबार सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिम भू–भागबाट मनसुन बाहिरिएको हो । ‘यस वर्षको मनसुन असोज १९ का दिन नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिम भू-भागबाट बाहिरिएको छ,’ विभागले विशेष बुलेटिन जारी गर्दै भनेको छ ।