यस वर्षको मनसुन नेपालबाट बाहिरिन सुरु

काठमाडौं ! यस वर्षको मनसुन नेपालबाट बाहिरिन सुरु भएको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार आज असोज १९ का दिन नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिम भू-भागबाट बाहिरिएको छ ।

नेपालको बाँकी भू-भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले नियमित रुपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेको र यस सम्बन्धी थप जानकारी अद्यावधिक गर्दै जाने विभागले जनाएको छ।

नेपालमा मनसुनको बहिर्गमन (Monsoon Withdrawal) को औसत मिति अक्टोबर २ रहेतापनि यस वर्षको मनसुन औसत मिति भन्दा केहि दिन ढिलो बाहिरिएको हो।