यस्तो छ आजको मौसम

काठमाडौं ! हाल कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा छिटपुट वर्षा भइरहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै राति कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

पछिल्लो केही दिन लगातार पानी परिरहेको थियो । तर, बिहीबारदेखि भने मौसममा क्रमिक सुधार हुँदै गएको हो ।