यस्तो छ आजको मौसम

काठमाडौं ! यस वर्षको मनसुन केही दिन ढिलो बाहिरिने भएको छ । नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ रहेता पनि यस वर्षको मनसुन केही दिन ढिलो बाहिरिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल बंगालको खाडीको उत्तर-पश्चिम भागमा विकास भैरहेको न्यून चापीय क्षेत्र उत्तर-पश्चिम दिशातर्फ सर्ने सम्भावना देखिएको छ । यसले आगामी ३/४ दिनसम्म देशका धेरै स्थानहरूमा आंशिकदेखि सामान्य बदली भई केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।