यस्तो छ आजको मौसम

काठमाडौं : कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा शनिबार मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी, मधेश र  लुम्बिनी प्रदेशका तराई भूभागका एक दुई स्थानमा हावाहुरीको समेत सम्भावना छ।

महाशाखाका अनुसार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।