यस्तो छ आजको मौसम

काठमाडौं ! आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका  केही  स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ ।

यसैगरी राति पनि देशभर आंशिकदेखि  सामान्य  बदली  रहने अनुमान छ ।  गण्डकी र लुम्बिनी  प्रदेशका केही स्थान र बाँकी भू–भागका  थोरै  स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना  रहेको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *