यस्तो छ आजको मौसम

काठमाडौं ! शुक्रबार देशभरको मौसम सामान्यदेखि आंशिक बदली रहनेछ । हाल कोशी प्रदेशमा सामान्य बदली रही बाँकी  प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका तराई भू-भागका थोरै स्थानमा हावा-हुरीको सम्भावना रहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *