यस्तो छ आजको मौसम

काठमाडौं ! हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरपूर्वी भू-भागमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोसी, मधेस, बागमती , गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोसी, बागमती, र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा मधेस र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्सहित भारी वर्षाको सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *