यस्तो छ आजको मौसम

काठमाडौं !  मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) रहेको छ।

जल तथा माैसम विज्ञान विभागका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोसी प्रदेशको केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भूभागको केही स्थानहरूमा र बाँकी भूभागको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै कोसी तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *