यस्तो छ आजको मौसम

काठमाडौं ! मौसम पूर्वानुमान महाशाखाले देशका पहाडी भूभागका केही स्थानहरू तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

शनिवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले मेघगर्जन, चट्याङसहित भारी वर्षाको   कारण हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *