यस्तो छ आजको मौसम

काठमाडौँ ! हाल नेपालमा मनसुनी वायुको साथै बंगालको खाडीको उत्तर-पश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रही देशका विभिन्न स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

बिहीबार दिउँसो देशभर सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *