यस्तो छ आजको मौसम

काठमाडौं ! बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा बिहीबार मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसाार गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका १–२ स्थानमा भारी वर्षाको सम्भावना छ।

अहिले भने देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका १–२ स्थानमा भने भारी वर्षाको पनि सम्भावना छ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै स्थान तथा बाँकी प्रदेशका तराईका एक–दुई स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। कोशी, मधेश प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका १–२ स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *