यस्तो छ आजको मौसम

काठमाडौं ! मौसम पूर्वानुमान महाशाखाले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

सोमवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुनसक्ने देखिएको जनाएको छ ।

सोमवार दिउँसो देशभर सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका १–२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेशका धेरै भूभागहरू र बाँकी तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

सोमवार राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू र बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी प्रदेश र मधेश प्रदेशका धेरै भूभागहरू र बाँकी तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *