काठमाडौं ! मौसम पूर्वानुमान महाशाखाले देशका मध्य तथा पश्चिम तराईका भूभागहरूमा अत्यधिक गर्मी हुने सम्भावना यथावत् रहेको जनाएको छ ।
शनिवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले कोशी प्रदेशका पहाडी भूभागका केही स्थानहरू, कोशी प्रदेशका तराई भूभागका साथै देशका बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
कोशी प्रदेशका १–२ स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । अत्यधिक गर्मी, मेघगर्जन, चट्याङ तथा वर्षाबाट हुनसक्ने जनाइएको छ।