यस्तो छ आजको मौसम

काठमाडौं ! बुधबार नेपाल भित्रिएको मनसुनको प्रभाव पूर्वी र मध्य भूभागमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अन्य भूभागमा भने पश्चिमी वायुको आंशिक प्रभाव छ।

महाशाखाका अनुसार अहिले  कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली भएको छ।  बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा  रहेको छ।

बिहीबार बिहान कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको पनि महाशाखाले जनाएको छ।

दिउँसो  कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

 

राती पनि  कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै मधेश प्रदेश सहित देशका बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *