मनसुन नेपाल प्रवेश

काठमाडौं ! यस वर्षको मनसुन प्रणाली आज जेठ ३१ गते बुधबार नेपालमा प्रवेश गरेको छ  । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बुधबार नेपालको कोशी प्रदेश, पुर्वी मधेश प्रदेश, बागमती प्रदेशका अधिकांश भू-भाग र गण्डकी प्रदेशका पुर्वी भू-भागमा मनसुनको आगमन भएको छ ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यस वर्षको मनसुन सरदर मिति भन्दा १ दिन ढिला गरि नेपालमा प्रवेश गरेको विभागले जनाएको छ । विभागका अनुसार नेपालको अन्य भू-भागहरूमा भने केही दिनमा क्रमिक रुपमा मनसुन अगाडी बढ्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *