यस्तो छ आजको मौसम

काठमाडौं ! मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको जनाउँदै त्यसबाट हुनसक्ने क्षति/जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाले शनिवार बिहान मौसम पूर्वानुमान बुलेटिन प्रकाशित गर्दै देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । हाल देशका अधिकांश भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *