यस्तो छ आजको मौसम

काठमाडौं ! बुधबार दिनभरजसो स्थानीय वायुको प्रभाव रहनेछ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार अहिले कर्णाली प्रदेशका विभिन्न भूभागमा हल्का वर्षा भइरहेको छ भने पानी परेका उच्च भू–भागमा हिमपात पनि भइरहेको छ।

साथै गण्डकी प्रदेशका थोरै स्थान र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा पनि हल्का वर्षा भइरहेको जनाइएको छ।

दिउँसोपख भने सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत देशको पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने जनाइएको छ।

काठमाडौं उपत्यकामा दिउँसोसम्मै मौसम बदली नै रहने छ भने मध्याह्नपख हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *