यस्तो छ आजको मौसम

काठमाडौं । देशका केही स्थानमा आज पनि हावाहुरी र वर्षाको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो लुम्बिनी प्रदेश र  सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।

कोसी प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना छ ।

यस्तै, मधेस प्रदेश, लुम्बिनी र सुदूरपश्चिमका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *