यस्तो छ आजको मौसम

काठमाडौँ । आज मौसम सामान्यतया सफा रहेको छ । देशका अधिकांश भूभागमा घाम लागिरहेको छ भने कतै आंशिक बदली देखिएको छ ।

हाल सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ ।

आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *