यस्तो छ आजको मौसम

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले  देशका पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली रहेको छ ।

आज दिउँसो देशका पहाडी भू–भागका एक दुई स्थानमा   चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च  पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा  हल्का हिमपातको सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *