यस्तो छ आजको मौसम

काठमाडौँ । हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश एक, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा  आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति पनि प्रदेश एक, बागमती प्रदेश र गण्डकी प्रदेशका  पहाडी भू–भागमा  आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।तराईका थोरै भू–भागमा बिहानी पख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको पनि जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *