यस्तो छ आजको मौसम

काठमाडौं : देशका केही भू–भागमा आंशिक बदली छ। तराईका केही क्षेत्रमा अहिले हुस्सु र कुहिरो लागिरहेको छ। बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

मंगलबार दिउँसो पनि काठमाडौं उपत्यकासहित देशका उच्च पहाडी तथा हिमाली भेगमा आंशिक बदली रहने मौसमविद् वरुण पौडेलले जानकारी दिए। प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *