आजको मौसम : सुदूरपश्चिम र कर्णाली प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं– शनिबार सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरूका  एक-दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा सामान्य बदली रहेको छ। मधेश प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहेको छ भने देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।

शनिबार राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *