आजको मौसम : हल्का वर्षादेखि हिमपातसम्मको संभावना

काठमाडौं ! हाल देशमा  पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी  भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमाली भू-भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *