यस्तो छ आजको मौसम

काठमाडौं ! हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ।

आज दिउँसो  प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यी  प्रदेशमा राति पनि मौसममा आंशिक बदली रहने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *