यस्तो देखियो आज काठमाडौंको मौसम

काठमाण्डाै – जाडोयाम सुरु हुन थालेसँगै बिहान र बेलुकाको समयमा चिसो हुनथालेको छ । उल्लेखनीय रुपमा तापक्रम नघटे पनि जाडोयाम सुरु हुन थालेसँगै बिहान र बेलुका चिसो हुन थालेको हो।

दिउँसोको समयमा भने गर्मी नै छ । बिहान केहीबेर चिसो भए पनि त्यसपछि घाम लाग्ने गरेको छ । दिउँसो घाम चर्किने गरेकाले गर्मी नै छ ।

यसपालिको मनसुन बाहिरिसकेको छ । अब केहीदिन खासै पानी पर्ने सम्भावना नरहेकाले दिन घमाइलो हुने मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो ।

मनसुन बाहिरिएर मौसम खुलेसँगै काठमाण्डौ उपत्यकाबाट आसपासमा रहेका हिमाल छर्लङ्ग देखिन थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *