आज रातिबाट सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुनसक्ने : सतर्क रहन महाशाखाको अपिल

कैलाली ! नेपालमा मनसुनको याम सकिनलाग्दा मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम क्षेत्रमा ठूलो वर्षा हुनसक्ने चेतावनी दिएको छ।

खासगरी नेपालको सिमाना छेउको भारतीय राज्य उत्तर प्रदेशमा केही दिनदेखि विकसित न्यूनचापीय क्षेत्र नेपालतर्फ सर्दै जाने क्रममा नेपालको पश्चिमी भूभागनजिक आइपुग्ने र सोसँगै मनसुन न्यूनचापीय रेखा पनि विस्तारै नेपालको तराईनजिक आइपुग्ने हुनाले आगामी केही दिन नेपालमा मनसुन थप सक्रिय हुने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशका विभिन्न भाग लगायत सुदूरपश्चिम क्षेत्रमा आज रातिदेखि ठूलो वर्षा हुनसक्ने भएकाले सतर्क रहन महाशाखाले अपिल गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *