आजको मौसम : देशका यी भागहरुमा वर्षा हुने

काठमाडौं ! हाल मनसुनको न्यून चापीय रेखा पूर्वतिर सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश गण्डकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ । साथै प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षासमेत भइरहेको छ।

सोमबार प्रदेश नं १, बागमती प्रदेश  र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  मंगलबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश नं १, बागमती प्रदेश  र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  प्रदेश नं १ का एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *