आजको मौसम : यी प्रदेशमा रहनेछ वर्षाको संभावना

काठमाडौं ! हाल मनसुनको न्युन चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ। देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ।

मौसम पूर्वानुमान महाशाखाले सोमबार जारी गरेको बुलेटिन अनुसार प्रदेश १, बागमती, गणडकी प्रदेशका थोरै स्थानमा र कर्णाली प्रदेशका एक–दुई स्थानमा स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ। देशको पहाडी भू–भागका केही स्थान र बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

राती देशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *