आजको मौसम : देशका विभिन्न भागमा वर्षा हुने

काठमाडौं ! आज (शुक्रवार ) बिहानैदेखि देशभर  आंशिक देखि सामान्यता बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले दिउँसो देशका  पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन,चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
शुक्रवार राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्यता बदली रही बाँकी भूभागमा आंशिकदेखि मौसम सामान्यता सफा  रहने विभागले जनाएको छ ।
यस्तै प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *