आजको मौसम : केही स्थानमा भारी वर्षा हुने

काठमाडौं ! शुक्रवार बिहान प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन,चट्याङ सहित हल्का वर्षा भइरहेको मौसम विभागले जनाएको छ । हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको विभागको भनाइ छ ।

जसकारण मुलुकको प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहि बाँकी भुभागमा आँशिकदेखि सामान्य बदली रहेको विभागले जनाएको छ ।
आज रातिसम्म देशभर सामान्यदेखि पूर्ण बदली रहने विभागको अनुमान छ ।

प्रदेश १, बागमती प्रदेश ,गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *