आजको मौसम

काठमाडौं ! बुधवार बिहान प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम विभागले जनाएको छ । विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

बुधवार रातिसम्म  देशभर आंशिकदेखि सामान्य बदली रहने विभागको भनाइ छ ।
गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

आगामी २४ घण्टासम्म पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन तथा यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले सतर्कता अपनाउन समेत विभागले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *