मौसम : देशका विभिन्न भागमा वर्षा हुने

काठमाडौँ — देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) बिहान साढे ६ बजे दिएको जानकारी अनुसार अहिले पनि लुम्बनी र कर्णालीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । ‘राति मध्यम वर्षा भएको थियो, अहिले हल्का वर्षा मात्र भइरहेको छ ।

आज सुदूरपश्चिम र गण्डकी प्रदेशमा भारी (५० मिलिमिटरभन्दा माथि) वर्षा हुने सम्भावना छ भने देशका अन्य स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना देखिएको छ ।

मौसम महाशाखाका अनुसार अहिले बिहान काठमाडौँ उपत्यकाको मौसम बदली छ । ‘कतै कतै पानी परिरहेको पनि हुनसक्छ’, उनले मंगलबार बिहान नेपालखबरसँग भने, ‘दिउँसो हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *