आजको मौसम : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । आगामी २४ घण्टा देशभर सामान्यदेखि पूर्ण बदली रहि धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज बिहान देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज प्रदेश(१, वागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानहरुमा भारी वर्षा हुने सम्भावना रहेको छ । राति पनि देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *