काठमाडौंका नदिहरुमा पानीको सतह बढ्यो, सतर्क रहन आग्रह

काठमाडौं– काठमाडौं उपत्यकाका नदीहरूमा पानीको सतह बढेको छ। गएरातिदेखिको वर्षाका कारण नदीहरूमा पानीको सतह बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार बागमती, रुद्रमति, विष्णुमित, हनुमन्ते, मनोहरालगायतका नदीमा पानीको सतह बढिरहेको छ। यी नदीका सहायक नदीमा पानीको सतह बढिरहेको छ। यी नदी किनारको बाटो भई यात्रा गर्दा घण्टासम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

काठमाडौंमा गएराति देखिनै वर्षा भइरहेको छ। पछिल्लो चार घण्टामा काठमाडौं उपत्यकाका धेरै स्थानमा भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *